काठमाडौं, चैत २७ः मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभले नेपाल भर बिक्री अनुमती पाएको छ। यस्तै कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको जनाएकोछ।
यसैबीच प्रमोद श्रेष्ठ जो गुफीको नामबाट प्रख्यात रहेका छन् उनलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघाइले सम्मान गरेका छन्।
प्रमोद रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन्। उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोदले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन्।
उनले सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सीसीबाट पूर्वपश्चिम राजमार्ग (मेची–महाकाली) चलाएर यात्रा गरी क्रितिमानसमेत कायम गरेका छन्।
विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका श्रेष्ठले अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालबिवाहविरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभले त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ५ लाख रुपैयाँको चेक हस्तानतरण गरिएको छ।