बारेकाेटका तीन युवक भीरबार लडेर मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 11 | 07:43 am 93

जाँजरकाेट, जेठ २७:  जिल्लाकाे बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार तीन युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ का १७ वर्षीय नवराज सिंह, १६ वर्षीय भीमराज शाही र ४० वर्षीय पृथीबहादुर बस्नेत रहेका छन् ।

शाही र सिंह वनलसुन खोज्न तथा बस्नेत घर बनाउन काठ काट्न जंगल गएका बेला उनीहरूकाे भीरबाट लडर मृत्यु भएका हुन् । बारेकोट–४ स्थित कराइचुला लेक पुगेका सिंह र शाही चिप्लिएर भिरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।

वनलसुन एक प्रकारको जडीबुटी हो । यसको बिक्रीबाट मनग्ये आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहले बताए । वनलसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । उनका अनुसार महँगोमा बिक्री हुने भएकाले वनलसुन संकलनमा स्थानीयको आकर्षण बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.