बाढीले बगाउँदा बाजुरामा ३ जना बेपत्ता

| 2020 Sep 18 | 02:38 pm 74

बाजुरा, असाेज २ः गएराति बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीमा  परेको अबिरल बर्षाका कारण आएको बाढीले बगाएर ३ जना बेपत्ता छन् भने तीन घर बगाएको छ । अबिरल बर्षासंगै सुप खोलामा बाढी आउँदा उक्त घटना भएको कुरा बिच्छ्याँ प्रहरी चौकीले जानकारी दिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाका अनुसार, ‘माछा मार्न खोलामा गएका ३ जना मान्छे सम्पर्कमा नआएकाले बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएकाे छ ।

बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा परम्परागत घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ । खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छानासहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोका घटना एकपछि अर्को थपिँदा बाजुरामा झन पीडामाथि पीडा थपिरहेको छ । जिल्लामा बाढीले हालसम्म सात जनाको मृत्यु, तीन बेपत्ता, ६३ घर पुर्णरुपमा क्षति, पाँच वटा उद्योग बगाएको छ भने चार सय ३५ जनसंख्या बिस्तापित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.