बाघको आक्रमणमा परी दुई जना घाइते

| 2019 Mar 07 | 12:16 pm 81

कैलाली, फागुन २३ : जंगलबाट आएको बाघले आक्रमण गर्दा प्रहरीसहित दुईजनालाई घाइते बएका छन्। आज (बिहीबार) बिहान टीकापुर–१ ब्लक नम्बर–९ मा आएको बाघलाई घेरा हाल्ने क्रममा ट्राफिक प्रहरी र एक स्थानीय बालक घाइते भएको प्रहरीले जानकारी दिए ।

स्थानीयबासी गोपाल साउदको अरहर बारीमा पसेको बाघलाई स्थानीय प्रहरीले घेरा हालेका थिए। बाघले झम्टिँदा ट्राफिक प्रहरी देविभक्त धिताल र बालक सम्राट शाह घाइते भएका हुन् ।

उक्त बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय  निकुञ्जबाट वनको टोली बोलाइको टीकापुर नगर पालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए। यसरी बाघ वस्तीमा पस्न थालेपछि स्थानीय वासिन्दहरु त्रासित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.