बागलुङ, मंसिर १६: प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धनले विजयी हासिल गरेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गरेका हुन्।
शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरे भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा पनि साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी भएका थिए।
कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४ सय ६१ प्रतिशत मत खसेको थियो । जसमध्ये ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए।