बागमती र लुम्बिनी चिनी उद्योगले किसानलाई १७ करोड दिन बाँकी, सञ्चालक खोज्न गृहलाई पत्राचार

| 2020 Jan 21 | 07:42 pm 54

काठमाडौं, माघ ७ :  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।

नवलपरासीमा रहेको बागमती खाडसारी मिलले किसानलाई ६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने लुम्बिनीले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएका छैन ।

सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.