बहुमत सदस्यलाई चिढाएर अघि बढ्न नसक्ने देउवको अडान

रिपोर्ट नेपाल | 2019 Mar 26 | 04:29 pm 47

काठमाडौं, चैत्र १२ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले असी जना भन्दा बढी केन्द्रीय सदस्यलाई चिढाएर अघि बढ्न नसक्ने बताएका छन् ।

मंगलबार बिहान नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसी सहित काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेटघाट कार्यक्रममा सभापति देउवाले महासमिति बैठकको समापन समारोहमा आफूले बोलेको कुरा लागु गर्न नसक्ने बताएका थिए ।

भेटघाट कार्यक्रममा काभ्रेका सभापति मधु आचार्य, रोल्पाका अमर सिंह, डोल्पाका अंगत शाही र सिन्धुपाल्चोकका सभापति विकास लामा सहभागी भएका थिए ।

भेटघाटका अवसरमा सभापति देउवा समक्ष सभापतिहरुले आफैंले बोलको ऐजेण्डा विधानमा नसमेटिएकोमा दुःख व्यक्त गर्दै बिचको बाटो खोज्न आग्रह गरेका थिए ।

त्यसको जवाफमा सभापति देउवाले केन्द्रीय समितिले गरेको निर्णयका विरुद्ध आफू जान नसक्ने बताएका थिए । महासमिति बैठकमा चार दर्जन भन्दा बढी जिल्ला सभापतिहरुले केन्द्रीय समितिका सबै नेता वुथ कमिटीबाट आउनु पर्ने र आरक्षण कोटमा एक व्यक्तिलाई एक पटक भन्दा बढी समय मौका दिन नहुने कुरा उठाएका थिए ।

सभापति देउवाले उक्त कुरा विधानमा उल्लेख गर्ने बताए पनि एजेण्डाबाट हटाएर बैठकबाट बहुमतको आधारमा हटाएका थिए । सभापति देउवाले महासमिति बैठकको समापन समारोहमा बोलेको र निर्णय नगरेको भन्दै सभापतिहरुले यही २० र २१ गते काठमाडौंमा बैठक बोलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.