बहिनीको हातबाट टिका थापेर घर फर्कदा बाटोमा लडेर सुनारको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 19 | 12:44 pm 52

हुम्ला, मंसिर ४ः भाइटिकाको दिन बहिनीको हातबाट टीका थाप्न गएका दाजुको बाटोमा लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा अदानचुली ३ का ४५ वर्षीय रत्नपुर सुनार रहेका छन् । बहिनीको हातबाट टिका थापेर घर फर्किने क्रममा बीच बाटोमा लडेर सुनारको मृत्यु भएको हो ।

अदानचुली ६ को पाम्समा विवाह गरेकी बहिनी प्रेमकला टमटा र जानकला टमटाको हातबाट टीका थाप्न गएका दाजु रत्नपुर टीका थापेर फर्कदा बाटोमा लडेर अञ्दाजी ५० मिटर तल खसेपछि गम्भीर चोट लागेर ज्यान गएको मृतकका वुवा पठाने सुनारले बताए ।

टीका थापेकै दिन बहिनीहरुले घर नफर्कन आग्रह गरेपनि सुनारले नमानेपछि साँझ अबेर लमहीबाट घरतर्फ लागेको उनका ज्वाई विष्णु टमटाले बताए ।

बाटोमा लडेर ज्यान गएको खबर स्थानीयले गरेपछि घटनास्थलमा गएको प्रहरी चौकीले स्थलगत मुचुल्का गरेर गाउँ ल्याएपछि मात्रै अन्यले त्यसबारेमा जानकारी पाएको श्रीनगर प्रहरी चौकीले जनाएको छ ।

बाटोमा रत्नपुर एक्लै भएकाले कसरी मृत्यु भएको हो भन्ने बारेमा कुनै जानकारी नभएको बताएको प्रहरी चौकीले लासको पोष्टमार्टम नगरेसम्म केही भन्न नमिल्ने जनाएको छ ।

लासको पोष्टमार्टमका लागि चिकित्सक अनिवार्य हुने कानूनी व्यवस्था भएपछि लाशलाई बोकेर बाजुरा जिल्लाको कोल्टी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.