- महेश सिंह
सिरहा, माघ ४ः लहान नगरपालिका २२ स्थित रहेको बर्छवा युवा क्लबले आयोजना गरेको १०औं फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ ।
२०७७ पुस १९ गते देखि खेल संचालनमा आएको उक्त खेलमा लहान २२ का वडा अध्यक्ष बिन्देश्वर यादवले खेललाई उदघाटन गरेका थिए । खेलको सुरुको दिन बिष्णपुर सप्तरी भर्सेज अम्हि सिरहा बिच भएको थियो ।
फाईनल खेलको सभा अध्यक्ष अर्जुन कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान २२ का अध्यक्ष बिन्देश्वर यादव रहेका थिए । बिशिस्ट अतिथिमा प्रदेश २ को प्रदेश सभा सदस्य तथा लेखा प्रमुख लगन लाल चौधरी रहेका थिए ।
अतिथिहरुमा भुपु सितापुर गाबिसको अध्यक्ष देबु साह, स्थानीय समाजसेवी ईन्द्र नारायण चौधरी अचमित चौधरी, सिरहाका थारु कल्याणकारीका भुपु अध्यक्ष चन्द्र किशोर चौधरी युवा समाजसेवी तथा बर्छवा क्लबका प्रतिनिधि जय प्रकाश चौधरी र जेएस क्याम्पसका प्राध्यापक तथा समाजसेवी दिलीप चौधरीले कार्यक्रमको उद्घोष गरेका थिए ।
फाईनल खेल कल्याणपुर नगरपालिका कर्नियाही सिरहा भर्सेज सुरुङ्ग नगरपालिका टिकुलिया सप्तरीबीच भएको हो । निर्धारीत समयमा ० विरुद्ध टिकुलिया सप्तरीले ३ गोल गरेर बिजय हासिल गरेका थिए ।
बिजय घोषणा भएको समुहलाई नगद २५ हजार र प्रमाणपत्र सिल मेडल दिएका थिए । उपविजेता कल्याणपुर कर्नियाही समुहलाई पनि नगद र प्रमाणपत्र सहित धन्यवाद दिई स्वागत गरेका आयोजकले जानकारी दिए ।