बझाङमा घाँटी रेटी एक महिलाकाे गहना लुटपाट, अवस्था गम्भीर

रिपोर्ट नेपाल | 2019 Aug 06 | 03:29 pm 75

बझाङ, साउन २१: साेमबार साँझ थलारा गाउँपालिकामा एक महिलाको घाँटी रेटेर गहना लुटपाट भएको छ । पालिकाकाे वडा नम्बर ५ घर भएकी विमला खाती वली माइतबाट घर जाने क्रममा साँझ ६ बजे  शिलाकोटमा अज्ञात व्यक्तिले घाँटी रेटेर गहना लुटपाट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर केसीले दिएका जानकारी अनुसार उनले घाँटी, कान र नाकमा लगाएका गहना लुटपाट गरेको  बताए । वलीको गहना लगाउने ठाउँमा गहिरो चोट लागेको छ । उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।

डिएसपी केसीकाे भनाई अनुसार लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए।  अनुसन्धानपछि केहि दिनमै लुटपाटमा संलग्न सबै पक्राउ पर्ने केसीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.