काठमाडौँ मंसिर १६ : बिगत एक बर्ष देखि घाटीको क्यान्सर बाट पिडित वजिर थापाको उपचारको लागि नेपाली कांग्रेस गुल्मी काठमाडौँ सम्पर्क समितिले रु २५ हजार एक सय सहयोग गरेको छ। आफ्नो सामाजिक दायित्व अनुसार रिपोर्ट नेपाल डटकमले थापाको स्वास्थ्य र आर्थिक स्थितिको बिषयमा समाचार प्रकाशित गरेपछि केहि आर्थिक सहयोग जुटन शुरु भएको छ।
एक बर्ष रोगको निधानका लागि दिल्लीदेखि भरतपुर हुदै काठमाडौँ सम्म उपचार गराउदै आइपुग्दा उनको सबै धन सम्पत्ति समाप्त्त भए पछि मात्रै उनले आर्थिक सहयोग स्वीकार गरेका हुन। नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्बाह गरेका उनले २०४२ सालको सत्याग्रहमा ६ महिना कठोर जेलजीबन बिताएका थिए।
बिपी कोइरालाका सच्चा अनुयायी थापा हाल काठमाडौँ को ह्याम्स अस्पतालमा उपचारार्थ छन। उनलाई सहयोग गर्न चाहने दाताले उनका छोरा निरोज थापाको नाममा रहेको ग्लोबल आइएमई बैंक बुटवल शाखामा रहेको बचत हिसाब नम्बर १७०८०१००००५१६ मा जम्मा गर्न सक्नुहुने छ। क्यान्सर पिडित बजिर लाई सम्पर्क गर्न चाहनेले ९८५७०७०६६२ मा गर्न सकिने छ।