फ्याक्ट्रीको छतबाट खस्दा एक मजदुरको मृत्यु, एक घाईते

रिपोर्ट नेपाल | 2019 Nov 07 | 12:45 pm 41

दाङ, कात्तिक २१: बुधबार साँझ घोराही उपमहानगरपालिका ३ गोग्ली स्थित रहेको सगरमाथा सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा दुई जना मजदुर फ्याट्रीको छतबाट खसेर घाईते भएका थिए ।

उपचारको क्रममा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उडिसा घर भई फ्याट्रीका काम गर्ने २७ वर्षीय अभय नायकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

घाइते हुनेमा भारत उडिसा घर भई सोही फ्याट्रीका काम गर्ने ३५ वर्षीय मानप वारिक रहेका छन् । उनका बाँया आँखा माथि चोट लागेको बताइएको छ ।

उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा सामान्य उपचार पश्चात कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.