फ्याकेको फोहरबाट बिजुली र ग्याँस उत्पादन गर्न प्रधानमन्त्रीको जोड

| 2022 Apr 07 | 05:35 pm 309

काठमाडौँ चैत २४: प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन्।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा बिहीबार आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताए। काठमाडौंमा फोहोर व्यवस्थापन अत्यन्त जरुरी भइसकेको उनले बताए।

उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभई बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्नेमा जोड दिए। उनले फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए।

‘उनले फोहोर व्यवस्थापन गर्न सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि बताए। सुन्दर सहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौँलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यकता भएको बताए।

उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभई बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्नेमा जोड दिए। उनले फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.