काठमाडाैं, पुस २९ः सामाजिक संजाल फेसबुकमा जागिरको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा रु. १५००-३५०० सम्म इसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका एक जनालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ८ घर भई हाल भक्तपुर काडाँघारी बस्ने २३ बर्षीय शिब खड्का रहेका छन् ।
खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको बताइएकाे छ ।
साथै यस्ता खालका प्रलोभनबाट बच्नको लागी महानगरीय अपराध महाशाखा हार्दिक अनुरोध गरेकाे सूचना अधिकृत
प्रहरी उपरीक्षक- ईश्वर कार्कीले बताए ।
।