फेसबुकबाट बनेकाे साथीले बन्धक बनाएर लगतार ६ दिनसम्म बलात्कार !

रिपोर्ट नेपाल | 2019 May 21 | 10:44 am 336

काठमाडौं, जेठ ७ : फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर आफ्नो बहसमा ल्याएका थिए ।

फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन अगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए । भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गरी गुप्ताले आफ्नो कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।

किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर रहेका छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.