फेसबुकबाटै ८० लाख ठगी, तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 16 | 07:06 pm 89

काठमाडौं, असार ३१ : सामाजिक सञ्जाल फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशाल नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन् ।

उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.