कास्की, पुस २९ः पोखरा महानगरपालिका २२ लेकसाईड स्थित फेवा तालमा डुवेर बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले बुधबार फेला पारेको छ । फेला पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष परियार रहेका छन् । उनी यही पुस २२ गते उक्त तालमा डुवेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट खोजी कार्यको लागि खटिएको एपीएफ टोलीले उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारी पानीबाट बाहिर निकालेको हो ।
एपीएफ टोलीद्वारा औषधी बरामद
झापा जिल्लाको मेची नगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख २३ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ओरियन्स कम्पनीको विभिन किमिसका औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद औषधी मेची भन्सार कार्यालय झापामा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।