फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको भाउ

रिपोर्ट नेपाल | 2019 Dec 02 | 09:02 pm 88

काठमाडौं, मंसिर १६: नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.