तनहुँ, मंसिर ८: जिल्लाको भानु नगरपालिका वडा नं २ मा स्थानीयले बनाएको खोरमा फेरि एक चितुवा परेको छ । मझुवाओख्ले सामुदायिक वन उपभोक्ता समितिले वनमा बनाएको खोरमा चितुवा परेको हो ।
स्थानीयले थापेको खोरमा वयस्क पोथी चितुवा परेको वडा अध्यक्ष अर्जुन खड्काले जानकारी दिए । यसअघि पनि वडा नं २ र ३ मा राखिएको खोरमा ३ वटा चितुवा पारिसकेका छन् ।
भानु नगरपालिकाको वडा नं १, २, ३ मा चितुवा आतंक बढेपछि आतंक रोक्ने उपायअनुसार स्थानीय प्रशासनसँग मिलेर सामुदायिक वनहरुमा पासो राखिएको हो ।