प्रेममा धोका पाएपछि कोसीमा हामफाले एक युवक

रिपोर्ट नेपाल | 2020 Feb 12 | 07:12 am 138

सुनसरी, माघ २९: प्रेममा धोका पाएको भन्दै सुनसरी बराहक्षेत्रका एक युवक सप्तकोसीमा हाम फालेर बेपत्ता भएका छन् ।

 

इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएको प्रहीले जानकारी दिएको हो । कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखको पाइएको छ ।

Image may contain: one or more people

उनले फेसबुक स्टाटसमायस्तो लेखेका छन ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ तिमीले यो सबै खुशी तिमीलाई पाउने छौ । गूड बाइ इसु, आसा छ तिमीले मलाई माफ गर्नेछौं’ उनले हाम फालेको स्थान नजिकै को ३७ प ७ नम्बरको रातो रंगको कालो बुलेट, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसन ट्रायल पास गरेको कागज फेला परेको इराला प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।

Image may contain: 3 people, text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.