प्रहरी र लागूऔषध कारोबारीबिच गोली हानाहान्

| 2019 Jun 12 | 01:51 pm 40

कास्की, जेठ २९:   प्रहरी र लागूऔषध कारोबारीबिच पोखरामा मुठभेड हुँदा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडा भन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए  ।

प्रहरीले चलाएको गोली लागेपछी घाइते भएका लागूऔषध कारोबारी जोन/ डीके भनिने करिव ३० बर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको एसपी कार्कीले जनाएका छन् ।

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपाम लगाएतका  १५ सय थान लागूऔषध बरामद गरेको जनाएको छ ।

लागूऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी असईको बाया खुट्टा र तिघ्रामा चोट लागेको एसपी कार्कीले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.