प्रहरीमाथि आक्रमण हुँदा प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

| 2020 Jul 31 | 02:09 pm 103

मोरङ, साउन १६ः जिल्लाको बुढीगंगा गाँउपालिकामा लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीमाथि आक्रमण हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

गएरति करिब ९ बजे गाँउपालिकाको वडा नं १ करैया वस्तिमा सादा पोशाकमा गएका प्रहरीलाई करिब १ सय ५० जना स्थानीयले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरीलाई आक्रमण गर्ने ५ जना कारोबारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयले आक्रमण थालेपछि प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो ।

उक्त घटनामा तीन जना प्रहरी घाइते भएका छन् । उनीहरु मध्ये दुई जना सामान्य उपचार पछि घर फर्केको र एक जनाको बुढीगंगा गाँउपालिका स्थित विराट मेडिकल कलेजमा उपचार भइहेरको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारीमा संलग्न पक्राउ पर्नेहरुमा बुढीगंगा गाँउपालिका वडा नं १ का बलराम ऋषिदेव, विरेन ऋषिदेव, चन्देश्वर ऋषिदेव, देवनारायण ऋषिदेव र महादेव ऋषिदेव रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.