प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 01 | 08:38 am 63

इलाम, साउन १७ः गत बिहीबार प्रहरीको हतकडी फुस्काएर फरार भएका अभियुक्त शुक्रबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय इलाम ल्याइएका पाँचथर जिल्ला कुम्याक गाउँपालिका वडा नं १ का किरण तिखत्रीलाई इलाम नगरपालिका वडा नं १ पुवाखोलाबाट पक्राउ गरिएको इलाम प्रहरीले जानकारी दिएको छ ।

सुर्योदय नगरपालिका वडा नं १० मा अस्थायी बसोबास गर्दै आएका तिखत्रीलाई खोजीमा गएका प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.