प्रशासनको निर्देशनात्म पत्रले रेडक्रसको वार्षिक साधारणसभा स्थगित

रिपोर्ट नेपाल | 2019 Aug 13 | 08:04 pm 58

काठमाडौं, साउन २८: देशभरका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अधिकांश सभापति नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय बार्षिक साधारण सभामा भाग लिन काठमाडौं आइसकेको अवस्थामा अकस्मात केन्द्रीय सभा स्थगित भएको छ ।

मंगलबार बिहान नौ बजेदेखि काभ्रेको बनेपामा बस्ने गरी बोलाइएको केन्द्रीयसभा स्थगित गर्नुपर्दा रेडक्रस परिवार मर्माहित भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले गुनासो गरे ।

सभा स्थगित गर्नुपर्ने परिस्थिति स्पष्ट पार्न नेपाल रेडक्रस सोसाइटीले पत्रकार भेटघाट गरेको छ । पत्रकार भेटघाटमा अध्यक्ष सञ्जीव थापाले सभा स्थगित गर्नुपर्ने परिस्थितिले रेडक्रस परिवार मर्माहित भएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा स्थागित गर्न पठाएको निर्देशनात्मक पत्रकै कारण केन्द्रीय वार्षिक साधारणसभा स्थगित गरिएको बताउँदै अध्यक्ष थापाले भने, प्रशासन कार्यालयको पत्रबमोजिम २४ घण्टा भित्र साधारणसभा स्थगित गरी त्यसको जवाफ पनि पठाइसकिएको छ ।

पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा सम्पूर्ण वैधानिक र कानुनी दायित्व पुरा गरेको नेरेसोको सर्वोच्च निकायको रुपमा रहेको महाधिवेशन र वार्षिक साधारणसभा श्रृङलाबद्ध रुपले स्थगन गरिएको छ । यसअघि देशभरका रेडक्रसकर्मी धरान आइसकेको अवस्थामा वैशाख २२ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनात्मक पत्रका कारण वैशाख २३ देखि २५ गतेसम्मका लागि तयारी भएको ४८ औँ महाधिवेशन र निर्वाचन स्थगित गर्नुपरेको अध्यक्ष थापाले बताए ।

त्यसलगत्तै सरकारले निर्वाचित समितिलाई भंग गरी तदर्थ समिति बनाएपछि रेडक्रसका निर्वाचित पदाधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले सरकारको निर्णयविपरित निर्वाचित समितिलाई नै पूर्ववत अवस्थामा नियमित काम गर्न दिनुभन्दै आदेश जारी गरेको अध्यक्ष थापाले पत्रकार भेटघाटमा प्रस्ट पारे ।

सोही बमोजिम आफूहरुले नियमित कामकारवाही अन्तर्गत केन्द्रीय वार्षिक साधारण सभा बोलाएर रेडक्रसको वार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनको विषयमा छलफल गर्ने योजना भए पनि अदालतमा अन्तिम फैसला हुन बाँकी अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा रोक्न फेरि निर्देशनात्म पत्र पठाएकोप्रति रेडक्रसले आपत्ति जनाएको छ ।

संस्था दर्ता ऐन बमोजिम कारबाही किन नगर्ने भनी पत्रमा उल्लेख भएकोमा हामी अझ बढी संवेदनशील भएका छौँ । हामी पारदर्शी छौँ । अहिले फेरि संस्थाको बार्षिक बजेट तथा कार्यक्रम रणनीतिहरू र रेडक्रस कानुनको विषयमा छलफल गर्ने प्रयासलाई रोक्न खोजिएको छ, अध्यक्ष थापाले भने, यसमा कुनै न कुनै खालको पूर्वाग्रह देखिन्छ । यो सम्मानित अदातलको पनि अपमान हो ।

पत्रकार भेटघाट कार्यक्रममा नेरेसोका महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधान, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रमुख हार्भेलगायत केन्द्रीय कार्यसमितिका सदस्यहरु, साधारणसभाको लागि आइपुगेका विभिन्न जिल्ला शाखाका सभापतिहरु, कार्यकारी निर्देशक उमेश ढकाल, सञ्चार निर्देशक दिव्यराज पौडेललगायतको उपस्थिति थियो । स्थापनाको ५६ वर्षको इतिहासमा ४७ वटा महाधिवेशन निर्वाध रूपमा सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठ

आज वि.सं २०७६ साउन २८ बिहान ९ बजेदेखि काभ्रेपलाञ्चोक,बनेपास्थित नेरेसोको तालिम केन्द्रमा बस्ने गरी बोलाइएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीयबार्षिक साधारण सभाको कार्यक्रमअकस्मात स्थगितगर्नुपर्दा नेपाल रेडक्रस सोसाइटीको सिँगो परिवार मर्माहितभएकोछ । सम्पूर्ण वैधानिक र कानुनीदायित्व पूरा गरेको नेरेसोको सर्वोच्चनिकायको रूपमा रहेको महाधिवेशन र बार्षिक साधारण सभाश्रृंखलाबद्ध रूपले स्थगनभएको छ । यस अघि देशभरका रेडक्रसकर्मीहरू धरानमाआइसक्नुभएको अवस्थामाआकस्मिक रूपमा वैशाख २२ मितिको जिल्लाप्रशासनकार्यालय, काठमाडौँको निर्देशनात्मकपत्रआइपुगीविधिसम्मत रूपले २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमाआव्हानगरिएको ४८ औँ महाधिवेशनर निर्वाचन स्थगितगर्नुपरेको घटना ताजै रहेको अवस्थामाअहिले फेरी २०७६ साउन २६ गते च.नं १०८ को निर्देशनात्मकपत्रप्राप्तभई संस्थाको बार्षिक बजेट तथाकार्यक्रम,ं रणनीतिहरू र रेडक्रस कानुनको विषयमा छलफल गर्ने गरी आयोजितवार्षिक साधारण सभा रोकिनुपर्ने अवस्थाआश्चर्यजनक नै हो । वितेका ५६ वर्षमा ४७ वटा महाधिवेशननिर्वाधरूपमा सम्पन्नभएको हाम्रो इतिहास छ । संस्थाको नियमितमहाधिवेशनले गरेको विधानको १७औं संशोधनलाई ठाडो निर्देशनमार्फत् संशोधनको प्रयत्नहुनु, नियमितगर्नुपर्ने जिल्ला र प्रदेश तहकानिर्वाचनहरू स्थगितहुनपुग्नु जस्ता अवस्थामा २०७५ फागुन १८ र १९ गते केन्द्रीय सभाको विशेष महाधिवेशनआयोजना गरी वैधानिकतवरबाट नै हामीले उपयुक्तनिकास लिएकाथियौँ । नेपाल सरकारको निकायले स्वामित्वलिएको विधानलाई अपनत्व ग्रहण गरी कार्यान्वयनतर्फ लम्केकाथियौँ । तर यसमाबाधा परिरहेकोमा संस्थामाथिअन्यायभएको महसुस गरेकाले कानुनी बाटो लिने निर्णय गरिएअनुसार वैधानिक माध्यमबाट निर्वाचन गराइपाउनकालागियस अघि सम्मानित सर्वोच्चअदालतमा रिट निवेदनदिएकाथियौँ । तत्पश्चात् अदालतमा सुनुवाई हुनेक्रममा रहेको अवस्थामानिर्वाचितनिकायलाई भंग गरी तदर्थ समितिबनाइयो । पुनः सम्मानित सर्वोच्चअदालतमापुनर्वहालीको रिट निवेदन सहितन्यायको लागि ढोका ढकढक्याएपछि अन्तरिम आदेशबमोजिम नेरेसो केन्द्रीयकार्यसमितिविधिवत ढंगले चलेको छ पहिलेकै अवस्थाबमोजिमनिर्वाचित यो समितिले कार्य गरिरहेको छ । नेपाल सरकारकै पहलमा नेपालमा स्थापितभई नेपालीहरूको सुख दुःखको साथीबन्न सफल नेपाल रेडक्रस मानवीय क्षेत्रमा सरकारको सहयोगीभूमिकामा सदैव कार्यरत छ । जिल्लाप्रशासनकार्यालय, काठमाडौँले यसपटक पठाएको निर्देशनात्मकपत्रबमोजिम २४ घण्टा भित्र साधारण सभा स्थगित गरी त्यसको जवाफपनिपठाइसकिएको छ । साथै, संस्थादर्ता ऐनको दफा १२ बमोजिमकारबाहीकिननगर्ने भनीउल्लेख भएकोमाहामी अझबढी संवेदनशीलभएका छौँ र यस विषयमाहामीथप स्पष्ट गराउन चाहन्छौँ । १. धरान र बनेपामादुवै पटक आयोजनागर्ने गरी सम्पूर्ण तयारी भइसकेको अवस्थामापनिहामीले संयमितभई अधिवेशन, निर्वाचन र साधारण सभा स्थगितगरेका छौँ । यसले हामी राज्यको सामान्यकानुनलाई सम्मान गरेको स्पष्ट छ । २. मुलुकको सामान्यनियम र रेडक्रसको अन्तर्राष्ट्रिय प्रचलनबमोजिमचलिरहेको संस्थालाई जीवन्त राख्ननयाँ नेतृत्वचयनगर्न अपरिहार्य थियो । निर्वाचन स्थगितभएपनिविगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसका मानवीय सेवालाई निरन्तरतादिन, वार्षिक साधारण सभामार्फत् कार्यक्रमवजेट पारित गरी संस्थालाई अनिर्णयको बन्धकनबनाऊनका साथै संस्थाको लागिअपरिहार्य उपयुक्तकानुनको विषयमा छलफल गर्न यसपटकको साधारणसभाबोलाइएको थियो ।यसपटक निर्वाचनको कार्यक्रमथिएन । बजेट कार्यक्रमपारित नभएसम्मप्रशासनिकतथा संस्थाको उद्देश्यबमोजिमगर्नुपर्ने राहत, उद्धार र विपद, रक्तसञ्चारलगायतको सेवाकार्यहरूप्रभावितहुने भएकोले यो साधारण सभाअत्यावश्यकथियो । ३. परिस्थितिको मूल्यांकन गरी नियमितहुनुपर्ने निर्वाचनहुनवाधाभएकोले बाध्यताबस वर्तमान केन्द्रीयकार्यसमितिको कार्यकाल २०७६ चैत्रसम्मको लागि नेरेसोको विधानअनुकुल नै थप गरेकाथियौँ ।कार्यअवधिवाँकी रहेको कुरा स्पष्ट नै छ । ४. संस्थाको दीर्घकालीननिकास एवं विकासको निमित्त रेडक्रस कानुननिर्माणको लागिप्रयास भैरहेको छ । ऐनमार्फत् नेपाल रेडक्रसले मान्यता र पहिचानपाउने गरी सरकारमार्फत् संसदमाकानुनको मस्यौदा लैजानको लागि प्रस्तावपुनः पेश गरिने कार्यक्रम रहेको छ । ५. रेडक्रस माथिनिरन्तर हस्तक्षेपले कानुनीप्रश्नमात्र नउठाई गम्भीर रूपमाव्यवस्थापन र संस्थाको छविमा असर प¥याएको छ । समयमै कार्यक्रम योजना सक्नचुनौती छ । विपद् जुनसुकै बेलाआइपर्न सक्ने भएकोले अहिलेको अलमललामो अवधिसम्म रहनु हामीआफै, लाभग्राही र मुलुक कसैको लागिपनिहितकर छैन ६. उजुरीकाआधारमाजिल्लाप्रशासनकार्यालयबाट अध्ययनभइरहेको सन्दर्भले मात्रमानवीय क्षेत्रमासरकारको सहयोगीको भूमिकामा रहेको, नेपाल सरकारको प्रतिवद्धताबमोजिमअन्तर्राष्ट्रिय रेडक्रस अभियानको अंगको रूपमा रहेको र सम्पूर्ण वैधानिक र कानुनीदायित्व पूरा गरेको संस्थाको महत्वपूर्ण साधारणसभा फेरि स्थगितगर्नको लागिनिर्देशनजारी भएकाले संस्थाले अन्यायभएको महसुस गरेको छ । र, संस्थाकानियमितगतिविधिहरूगर्न पाऊनहामीले बाध्यभई कानुनीउपचारमा फेरि जान पर्ने अवस्थाआइपरेको छ । वार्षिक २५ लाखमानिसलाई सेवा पु¥याइरहेको र समुदायमाभिजेर मानवीय सेवामाअहोरात्र सेवादिइरहेको र विश्वमा एउटा सफलउदाहरणीय कामगरिआएको प्रतिवद्ध समाजसेवी संस्थालाई अप्ठ्यारो परेको यस परिस्थितिमा सम्पूर्ण रेडक्रसप्रेमी नेपालीदाजुभाई, दिदीबहिनीहरूतथा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवाला सम्पूर्ण संघसंस्था,नागरिक समाज र सञ्चार जगतलाई यथार्थ कुराहरूमननगर्न र मानवीय सेवाको लागिबनेको यस संस्थाको सफलजीवनको लागिनेपाल रेडक्रसले अपनाउने समन्वय रपहलमासदा झै आवश्यक सहयोग र सदभावकोप्रवर्धन गरिदिनुहुनहामीहार्दिक अनुरोध गर्दछौँ । सबै क्षेत्रहरूबाट प्राप्तअमूल्यएवं व्यावहारिक सुझावहरूलाई कार्यान्वयनमाल्याई नेरेसोलाई सवलबनाउनेतर्फ नेरेसो प्रतिवद्ध रहेको छ । संस्थागत रूपमा स्वस्थहुनएवम् संस्थाकामूल्य, मान्यता र अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै संस्थालाई पूर्ववत रूपमा परिचालितहुने अवस्थामा पु¥याउनहामी प्रतिवद्ध छौँ र अन्तर्राष्ट्रिय रेडक्रस अभियानका साथै सहयोगी सवै निकायहरूलाई हामीआश्वस्तबनाउन चाहन्छौँ किसंस्थाको इतिहास, लाखौँ स्वयंसेवकहरूको गौरवमय योगदान, करौडौँ जनसमुदायको संस्थाप्रतिको विश्वासलाई हामी सवैपक्षको सहयोगमा अघि बढाउँदै जाने छौँ । रेडक्रस भनेकै मानिस भित्रको एउटा असलभावनाहो । हामीले विपद्माउद्वार र सहयोगमात्रगरिरहेका छैनौँ, मानिसलाई स्वस्थ्यतरिकाले सम्मानपूर्वक जीउनसिकाउने र जीवन परिवर्तनको लागिनिश्पक्ष र सबैको साझामानवीय संस्थाको हिसावले गतिविधिहरू सञ्चालनगर्न प्रयत्नशील छौँ । नेपालमाअन्तर्राष्ट्रिय रेडक्रस अभियानको प्रतिनिधित्वगर्ने एकमात्र राष्ट्रिय सोसाइटीको रूपमाहामी करोडौँ मानिसहरू समक्षपुगिसकेका छौँ । ७ वटा प्रदेश समितिहरू, ७७जिल्लाशाखा, १५३७उपशाखा, ६ हजार २ सय ५५ जुनियर तथायुवा सर्कल गरी ८ हजार भन्दा वढी स्थानीयनिकायहरूमा आवद्ध १० लाख७६ हजार सदस्यतथा स्वयंसेवकहरू परिचालितहुने हाम्रो संस्थागत संरचनाबाट स्थानीयतहमापुगेको सेवा सबैमा छर्लंङ्ग छ । संस्थाको दीर्घकालीननिकास एवं विकासको निमित्त रेडक्रस कानुननिर्माणको लागिप्रयास भैरहेको छ । ऐनमार्फत् नेपाल रेडक्रसले मान्यता र पहिचानपाउने गरी सरकारमार्फत् संसदमाकानुनको मस्यौदा लैजानको लागि प्रस्तावपुनःछिटै पेश गरिने समेत हामीजानकारी गराउन चाहन्छौँ । सधन्यवाद । जय रेडक्रस ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.