प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेटघाट

| 2022 Apr 26 | 08:30 pm 277

काठमाडाैं, बैशाख १३ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र फ्रान्सका महामहिम राजदूत His Excellency Gilles Bourbao बीच आज मंगलबार जंगी अड्डामा भेटघाट भएको छ । उक्त भेटघाटमा फ्रान्सेली सेनाका Brigadier General Geoffroy de Larouzière लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.