प्रधान सेनापति र अमेरिकी सेनाका Adjutant General बीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Apr 26 | 08:03 pm 237

काठमाडाैं, बैशाख १३ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र अमेरिकी सेनाका Adjutant General (TAG) of the Utah National Guard, Major General Michael J. Turley बीच मंगलबार जंगी अड्‍डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.