काठमाडौँ मंसिर १७ : प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले विभिन्न जिल्लाको भ्रमण निरीक्षण गरेका छन।
नेपालि सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति थापाले हुम्लास्थित भैरबी दल गुल्म, कालिकोट स्थित रणशुर गुल्म, सुर्खेतको पश्चिम एयर बेस र उत्तर पश्चिम पृतना हेड क्याटरको स्थल गत निरीक्षण गर्नुको साथै बस्तुस्थिति बन्दोबस्ती लगायत बिबिध पक्षको जानकारी लिएका थिए।
थापाले भ्रमणका क्रममा सकल दर्जाका सैनिक कर्मचारिलाई सम्बोधन गरेका थिए। प्रधानसेनापति थापा आज र भोलि बिहिबार सुदुर पश्चिम पृतना क्याटर लगायत अन्य युनिटको समेत निरिक्ष्ण गर्ने कार्यक्रम रहेको जनाईएको छ।