प्रधानसेनापति थापाद्वारा पोखरामा नवनिर्मित सैनिक अस्पतालको उद्‍घाटन

| 2020 Feb 26 | 08:47 pm 70

कास्की, फागुन १४: प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार कास्की जिल्लाको पोखरामा बहालवाला तथा भुपू सैनिक र आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्‍घाटन गरेका छन् ।

२०७४ मंसिर १५ गतेबाट निर्माण शुरु भई २०७५ पौष १५ गते निर्माण सम्पन्‍न भएको उक्त सैनिक अस्पताल आज २०७६ फागुन १४ गतेबाट संचालनमा आएको हो ।

उक्त अस्पतालमा जनरल ओपिडि, मेडिकल ओपिडि, डेन्टल, प्याथोलोजी, ईएनटि, गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओटी लगायतका सेवाहरु संचालन गरिएको छ ।

उक्त उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.