काठमाडौँ चैत २०: प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज धार्मिक नगरी वाराणसी पुगेका छन्। प्रम देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
वाराणसीमा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा सहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले उक्त्त अवसरमा विभिन्न धार्मिक मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन्।
प्रम देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए। प्रम देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् आजै साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।