प्रधानमन्त्री देउवाले परिवारसँग लगाए दशैको टीका

| 2021 Oct 15 | 01:21 pm 305

काठमाडौँ, असोज २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालिको दशैमा परिवारका सदस्यसँगै दशैँको टीका र जमरा लगाएर दशैँ मनाएका छन् ।
प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् । विजयादशमीका दिन आज बिहान १० : ०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेकी हुन्

प्रधानमन्त्री देउवाले सामान्य रुपमै परिवारका सदस्यहरुसँग टीका लगाएर दशैँ मनाएका छन् । तस्वीरमा प्रधानमन्त्री श्रीमती आरजु र छोरा जयविरसिंह देउवा देखिएका छन् । साथमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा र प्रकाश देउवा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.