प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोजको आयोजना

| 2022 Apr 02 | 06:14 pm 281

काठमाडौँ चैत १९ : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय समकक्षी नरेन्द्र मोदीले आज शुक्रवार नयाँ दिल्लीकाे हैदराबाद हाउसमा दिवा भोजको आयोजना गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.