प्रधानमन्त्री केपी शर्मा ओली एक हप्ते भ्रमणपछि स्वदेश फिर्ता

| 2019 May 15 | 08:13 pm 74

काठमाडौं, जेठ १:  एक हप्ताको भियतनाम र कम्बोडिया भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा बुधबार साँझ स्वदेश फर्केका छन् ।

गत वैशाख २६ गते भियतनाम गएका प्रधानमन्त्री ओली भियतनामको ५ दिने भ्रमण सकेपछि सोमबार कम्बोडिया प्रस्थान गरेका थिए ।

दुई देश भियतनाम र कम्बोडियाको भ्रमण गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रभानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङसहित विभिन्न मन्त्री तथा नेताहरुले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.