प्रधानमन्त्री कुन पार्टीकोहो भन्‍ने जानकारी लिन सर्वोच्च जानुस् : ओली

| 2021 Mar 08 | 02:29 pm 413

काठमाडौँ फागुन २४: आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्‍न गरे पछि प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् ।

रावललाई जवाफ दिँदै ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप लगाएका हुन् ।

उनले उल्टै रावललाई प्रश्न गरे, ‘मैले उहाँहरुलाई सोध्छु तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने नदेख्ने ।

हिजो म बोलिनँ। प्रधानमन्त्री कुन पार्टी भनेर सोधिरहेका थिए। मैले उहाँहरुलाई सोध्न नपरोस् तपाइँ कुन पार्टीको हो?,’ उनले भने, ‘ प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतलाई सोध्न जाउ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.