प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

| 2020 Jan 21 | 04:52 pm 68

काठमाडौं, माघ ७ : विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे।

उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए। उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको समेत निम्ता दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यी विकासका मोडल नेपाल भारत मित्रता र तिब्र विकासका नमुना भएको बताए। छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको बताउँदै उनले क्रस वोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्णा मिश्राका अनुसार उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ जानेर भारतबाट पनि सामान बोकेको ट्रक नेपाल भित्रिएका छन्।

हाल मालबाहक सवारी मात्रै आवत–जावत गर्ने भए पनि चाँडै यात्रुसमेत एकीकृत जाँच चौकीबाटै आवत–जावत गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए। यस्तै,रेलबाट समेत सामान आयात–निर्यात गर्न आवश्यक पूर्वाधारको विकास पनि गर्ने तयारी भइरहेको उनले बताए।

दुई महिना पहिले नै आइसिपीको निर्माण सम्पन्न भए पनि उद्घाटन मोडलको विषयमा टुंगो नलाग्दा सञ्चालनमा आउन ढिलो भइरहेको थियो। आइपिसी सञ्चालनमा आएपछि पूर्वको व्यापार सहजीकरणमा सहयोग पुग्ने यहा“का उद्योगी, व्यवसायीले बताउँदै आएका छन्।

नेपालर भारत दुवै देशको एउटै स्थानमा भन्सार सञ्चालनमा आउने भएकाले व्यवसायीले अनावश्यक झन्झट बेहोर्नुपर्ने छैन। आइसिपीले नेपालबाट भारत निर्यात हुने वस्तुहरू निर्यातमा समेत सहज हुनेछ। दुवै देशको साझा ल्याब पनि हुने भएकाले नेपालबाट कृषि तथा पशुजन्य वस्तु निर्यात गर्नसमेत सजिलो हुनेछ। यसअघि कृषि उपज निर्यात गर्न ल्याब टेस्टका लागि भारतको कोलकाता पुर्‍याउनुपर्ने बाध्यता थियो।

नेपाली प्रयोगशालाकोरिपोर्टलाई भारतीय पक्षले मान्यता नदिँदा यहाँका व्यवसायीले निर्यातमा झन्झट बेहोर्नुपरेको छ।

भारततर्फको जाँच चौकी भने दुई वर्ष पहिले नै निर्माण सम्पन्न भइसकेको थियो। नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरू भएको थियो। एक सय २९ बिघा क्षेत्रफलमा बनेको जाँच चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ,रेस्टुरेन्ट, बैंकर अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ। इलेक्ट्रिक सब–स्टेसन, वे ब्रिजलगायत सुविधा आइसिपीमा उपलब्ध छ। भन्सार जाँच चौकी सञ्चालनमा आएपछि भारतर तेस्रो मुलुकको आयात–निर्यात सहज, सरलर व्यवस्थित हुने पूर्वका आयात–निर्यातकर्ताको अपेक्षा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.