प्रधानमन्त्री ओली फ्रान्सका कार्यक्रममा सरिक

| 2019 Jun 12 | 03:57 pm 29

काठमाडौं, जेठ २९:  संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार फ्रान्सको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस गएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै शिष्टाचार भेट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.