प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

रिपोर्ट नेपाल | 2019 Nov 24 | 06:31 pm 70

काठमाडौँ, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नियमित स्वास्थ्य परीक्षणका लागि केही समय अगाडि अस्पताल गएका र आइतबारै निवास फर्किने योजना रहेको थापाले बताए । ओलीले यसअघि ग्राण्डी अस्पतालमै तीनपटक मिर्गौलाको डायलासिस गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.