प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

रिपोर्ट नेपाल | 2019 Aug 03 | 07:44 am 141

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाँदैछन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि विदेश जान लागेका हुन ।

सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वाथ्य परीक्षणको सिलसिलामा उनी एक साता विदेशमै रहने छन् ।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यासिंह शाहसहित डाक्टरहरूसँग परामर्श गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.