प्रधानमन्त्री ओलीद्वारा भिडियो मार्फत आफ्नो स्वास्थ्यबारे जानकारी

रिपोर्ट नेपाल | 2019 Dec 02 | 05:05 pm 53

काठमाडौं, मंसिर १६: गत मंगलबार एपेण्डिसाइटिसको अप्रेसन पश्चात् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् ।

भिडियो मार्फत उनले आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।

सेन्टरको सघन कक्षमा उपचारत रहेका प्रधानमन्त्रीले सोमबार भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ, मेजर अप्रेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

उनले आइतबारको १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेको सुनाएका छन् । ‘हुनसक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ’ उनले भनेका छन्, ‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.