प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई गर्ने सम्वोधन स्थगित

रिपोर्ट नेपाल | 2020 Feb 14 | 03:24 pm 61

काठमाडौं, फागुन २: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्वोधन गर्ने भनि तय गरिएको शुक्रबारको कार्यक्रम रोकिएको छ ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्वोधन अर्को वैठकसम्मका लागि सारिएको स्रोतले जानकारी दिएको छ ।

सरकारको २ वर्ष पुगेको अवसरमा उनले यसबीच भए गरेका कामको बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । आजको बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले अर्को बैठकमा मात्रै आफ्ना धारणा राख्ने बताइएको छ ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।

बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने जानकारी सभामुख निकट स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.