काठमाडाैं, माघ १४ः नेपाल सरकारले नेपाली सेनाको श्री वीरेन्द्र अस्पताललाई कोभिड-१९ बिरुद्धको खोप केन्द्रको रुपमा तोके अनुसार बुधबार प्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट उक्त खोप केन्द्रको गतिविधि अवलोकन गरेका छन् ।
बलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिती रहेको उक्त अवसरमा वीरेन्द्र अस्पताल तथा अन्य सैनिक अस्पतालहरुमा कार्यरत अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्य शुभारम्भ गरिएको छ ।
करिव १० दिनसम्म खोप लगाउने योजना रहेकोमा उक्त खोप केन्द्रमा पहिलो दिन आज १ सय ४० जना र उपत्यका
बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्मा १ सय ७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुलाई खोप
लगाइएको छ ।