प्रधानमन्त्रीको पछिपछि किन गए सिके बेलायत ?

| 2019 Jun 12 | 08:33 am 138

काठमाडौं, जेठ २९: केही समय अघि तामझामका साथ वार्ता गरेर जेल मुक्त बनाइएको छुट्टै मधेसलाई छुट्टै देश माग्ने सिके राउत प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा गएको भोली पल्टै त्यही दिशातिर जानुलाई राजनीतिक विश्लेषकले अर्थपूर्ण तरिकाले हेरेका छन् ।

सरकार गठन भएको झण्डै डेढ वर्षसम्म यूरोपेली मुलुकबाट खासै सहयोग र समर्थन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित गत २५ गते यूरोप भ्रमणमा लागेका थिए ।

स्विट्जरल्याण्डको कार्यक्रमपछि बेलायत पुगेर अक्सफोर्ड युनिभर्सिटीमा दमदार भाषण ठोकेका प्रम ओली पछि पृथकतावादी सिके राउतलाई समेत बोलाइएको कुरालाई गम्भीर रुपमा लिइएको छ । राउतलाई उक्त युनिभर्सिटीले उच्च सम्मान साथ बोलाएको र राउतले नेपालबाट तराई छुट्टीन किन आवश्यक छ भन्ने विषयमा लामो प्रवचन दिने कार्यक्रम रहेको छ ।

जनमत नामको पार्टी गठन गरेर अघि बढेका राउतलाई पछिल्लो समय पश्चिमा देशहरुले महत्व दिई रहेका छन् । रहस्यमय तरिकाबाट थुनामुक्त भएका राउतलाई मुल धारमा ल्याएको भन्दै सरकारले निकै ठूलो प्रचारवाजी त्यसबेला गरेको थियो ।

तराईमा छुट्टै सेना, प्रहरी, अदालत, कर्मचारीलगायत अन्य संयन्त्र हुनुपर्छ भन्ने मान्यता राख्ने सिके राउतको बेलायत भ्रमणका विषयमा राष्ट्रवादीहरुले निकै चासो लिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.