प्रदेश नं २ मा सशस्त्र प्रहरी बल नेपालको पहिलो बिओपि स्थापना

रिपोर्ट नेपाल | 2020 Jan 12 | 10:13 pm 1551

काठमाडौं, पुस २७ः सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लामा देवताल गाउँपालिका दक्षिण झिटकैयामा रहने गरी बिओपिको स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु आर्याल र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा पर्दा अनावरण गरी स्थापना गरेका हुन् । प्रदेश नं। २ मा सशस्त्र प्रहरी बलले स्थापना गरेको यो पहिलो बिओपि हो ।

 

स्थापना समारोहमा महागढीमाई नगरपालिका तथा देवताल गाउँपालिकाका उपप्रमुख, स्थानीय राजनैतिक दलका प्रमुख एंव प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, एवम् स्थानीय भद्र भलादमीहरुको उपस्थिती रहेको थियो ।

सो समारोहमा बाहिनीपति राजु आर्यालले स्थापित बिओपिको कार्य सम्पादनले सीमा सुरक्षा, राजश्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सहज हुने बिस्वास ब्यक्त गरेका थिए ।

उक्त अवसरमा अर्यालले मानव अधिकारको सम्मान गर्दै कार्य क्षेत्रमा खटिदा भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अवलम्बन गरी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सरिक हुन सम्पुर्ण राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउन बिओपि दक्षिण झिटकैयाको स्थापनाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिस्वास ब्यक्त गरेका छन् । बिओपि स्थापना समारोहमा महागढिमाई नगरपालिकाको सशस्त्र प्रहरी बल नेपालले निर्वाह गरेको भुमिकाले उच्च प्रशंसा गरे ।

बारा जिल्लाको महागढीमाई नगरपालिकाको केही भाग, देवताल गाउपाँलिकाको बडकी फुलवरिया, अमवा, दक्षिण झिटकैया , करैया र बसतपुर ईलाकाको सीमा क्षेत्र स्थापित बिओपिको कार्य क्षेत्र रहेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.