प्रथम जाल्पा गोल्डकपको फाइनलमा गाइघाट फुटवल क्लव

रिपोर्ट नेपाल | 2019 Apr 12 | 08:46 pm 113

  • शंकर रिखाम मगर

उदयपुर(मुर्कुची),  चैत्र २९ : उदयपुर सिमेन्ट उधोग लिमिटेड र गोर्खा ब्रुअरी कम्पनी टुवोर्ग वियरको मुख्य प्रायोजन तथा त्रियुगा नगरपालिका उदयपुर तथा वडा नम्वर १६ को सहयोगमा प्रथम जाल्पा गोल्डकप फुटवल प्रतियोगिता २०७५ जाल्पा स्पोर्ट क्लव सुकौराको आयोजनामा पहिलो सेमि फाइनल सम्पन्न भएको छ ।

जाल्पा स्पोर्ट क्लवद्वारा आयोजना गरिएको जाल्पा गोल्ड कप २०७५ फुटवल प्रतियोगितामा शुक्रबार भएको प्रथम सेमि फाइनल खेल गाइघाट फुटवल क्लव र वेल्टार युनाइटेड फुटवल क्लबबीच भएको खेलमा दुवै पक्षमा घम्सा घम्सिकासाथ हुने क्रममा दोश्रो हाफको ९ औं मिनेटमा वेल्टार युनाइटेड क्लवका जर्सी नम्वर ११ सागर राइ र प्रेम तिमिल्सिनाले एलो कार्ड पाएकाथिए २० औं मिनेटको समयमा गाइघाटका जर्सी नम्वर ५ का सुमन राइ र वुद्ध तामङ्गले एलो कार्ड पाएका थिए । हरियो जर्सिमा वेल्टार रहेकोथियो भने निलो जर्सिमा गाइघाट रहेकाथिए ।

Image may contain: 7 people, people smiling, people standing

७० मिनेटको निर्धारित समयमा दुवै पक्षवाट गोल हुन नसकेपछी टाई ब्रेकर गराइएको थियो । उक्त टाई ब्रेकरमा वेल्टार युनाइटेड फुटवल क्लववाट क्रमश सागर राइ, पवन कार्की र नवल तामाङ्गगरि ३ गोल प्रहार गरेका थिए भने लक्ष्मण सुडिको प्रहार असफल भएको थियो ।

त्यस्तै गाइघाट एफसिबाट क्रमश डेविड चौधरी, अभिषेक लिम्वु, अर्जुन मगर, वुद्ध तामाङ्ग र मौशम लिम्वुले मीठो ५ गोल गर्दै फाइनलमा पुगेका छन् । उक्त खेलको फाइनल भने २०७६ वैशाख २ गते हुने भएको छ । शुक्रबारको खेलमा म्यान अफ द म्याच गाइघाट एफसिका गोल रक्षक सागर राइ घोषित भएका थिए । गोल रक्षक राइलाइ जिल्ला फुटवल संघका अध्यक्ष रन्जन कार्किबाट नगद प्रदान गरेका हुन् ।

जाल्पा प्रथम गोल्ड कप २०७५ को खेलमा सुरुदेखि अन्तिमसम्म सहरी स्वास्थ्य केन्द्र त्रिनपा १६ का इन्चार्ज सत्य नारायण शाहले प्राथमिक उपचारको लागि सेवा दिने आयोजकले जनाएको छ ।

शनिबार हुने दोश्रो तथा अन्तिम सेमि फाइनल खेलमा उदयपुरगढी गाउँ पालिका ११ र असारी फुटवल क्लव विच हुने आयोजक समितिका अध्यक्ष भुवन दाहालले जानकारिदिए ।

खेल खेलाउने मुख्य एम्पायर फारुक अहमत थिए भने सहयोगिहरुमा अमर राई, मनिश थापा मगर र फोर्थ अफिसियलमा उमेश दनुवारले आ आफ्नो भुमिका निर्भाह गरेक थिए । हारियो जर्सिमा वेल्टार युनाइटेड क्लव रहेको थियो भने निलो जर्सिमा गाइघाट एफसि रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.