काठमाडाैं, माघ ८ः केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले प्रतिवन्धित वन पैदावर जडिबुटी अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडाैं महानगरपालिका ३ महाराजगंजबाट प्रतिवन्धित वन पैदावर जडिबुटी पाँचऔँलेसहित एक जनालाई ब्यूराेले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका २ का ३१ वर्षीय सागर दाहाल रहेका छन् । दाहाललाई अवैध रुपमा बेचबिखन गर्न लागेको अवस्थामा प्रतिवन्धित जडीबुटी पाँचऔँले सात किलाे सहित बुधबार पक्राउ गरिएको बताइएकाे छ ।
पक्राउ परेका दाहाललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडाैं पठाईएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।