प्रचण्ड खतरनाक भएको अर्को प्रमाण !

| 2020 Dec 02 | 01:58 pm 215

देवप्रकाश त्रिपाठी
हरेक विषय, वस्तु, पात्र र परिस्थितिलाई उपयोगिताका आधारमा हेर्ने र तदनुरुप व्यवहार गर्ने चालबाजी नै प्रचण्ड सफलताको मूल कडी हो । कम्युनिष्टले प्रयोग गर्ने कतिपय भाषा, शैली र आशय गैह्रकम्युनिष्ट कित्तालाई बुझ्न हम्मे-हम्मे पर्दछ । नेपालमा अहिलेसम्म क्रियाशील काङ्ग्रेस, राप्रपा प्रजाति र मधेशी समूहहरूमा कम्युनिष्टको चाल बुझ्ने क्षमता शुन्यबराबर देखिन्छ, तिनको दस्तावेजमा लेखिएका शब्दार्थको सावाँ बोध गर्ने सामर्थ्य पनि गैह्रकम्युनिष्ट कित्तामा भेटिँदैन ।

२०६२ साल मङ्सिरमा भारतको नयाँदिल्लीमा भएको बाह्र बुँदामा प्रयुक्त शब्द, त्यसको आशय र नियत त्यतिबेलै बुझ्न सकेको भए न देशले यो स्तरको बिघ्न ब्यहोर्नुपर्ने थियो, न गैह्रकम्युनिष्ट विचार समूहले खहरेको बाढीबाट उत्पन्न हुने स्तरको बिल्लीबाठ नै भोग्नुपर्थ्यो । बाह्र बुँदे सम्झौतामा प्रयुक्त भाषाको नियत र छद्म आशय अर्कै थियो, आफ्नो हित र अहित बुझ्न नसक्ने बङ्गुरवादी चेतनास्तरले सो तथ्य ठम्याउन सकेन ।

दृष्टान्तका निम्ति एउटा वाक्यलाई लिन सकिन्छ, बाह्र बुँदे सम्झौतामा ‘निरङ्कुश राजतन्त्रको अन्त्य गरिने’ ब्यहोरा अङ्कित छ । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र पक्षधरहरूले उक्त वाक्याङ्शलाई ‘निरङ्कुशताको मात्र अन्त्य’का रूपमा ग्रहण गरे, तर कम्युनिष्टहरूले राजतन्त्रको समुल नष्ट गरिने भन्ने बुझे र बुझाए । बाह्रबुँदे सम्झौतामा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता एवम् जातीयता र क्षेत्रियतावादमा आधारित आरक्षण प्रणाली स्थापना गरिने शब्दावलीको स्पष्ट प्रयोग भएको छैन । तर शब्द-शब्द छामेर हेर्दा विदेशीको योजनाका रूपमा आएको ‘कम्युनिष्ट इच्छा’ हरफ-हरफमा अनुभूत गर्न सकिन्छ ।

धेरै मानिसहरू प्रचण्ड–बाबुराम र तिनका मण्डलीको जीवनशैली तथा चरित्र र व्यवहारलाई कम्युनिष्ट आचरणअनुकुल नरहेको ठान्दछन् । कम्युनिष्टलाई बुझ्ने मामिलामा उत्पन्न भाव र विचारका कारण नेपालीहरूले प्रचण्डहरूलाई कम्युनिष्ट नदेखेका/नठानेका हुन सक्छन् । हो चि मिन्ह र चाउ एन लाइका कथा सुनेका आधारमा अमिल्दो ढङ्गको दाह्री पालेका, आइरनबिनाका कपडा पहिरिएका, अत्यन्त साधारण जीवनशैलीका, विनम्र र सदैव अरुको दुःख र हितप्रति सम्वेदनशील एवम् समर्पित मानिसको तस्बिर दिमागमा राखेकाहरूले खाइलाग्दा, मोटाघाटा, राजा-महाराजा र सम्भ्रान्तहरूको भन्दा उच्च स्तरको जीवनशैली भएका, मध्येयुगीन शासकको जस्तो हाँको-डाँको र शान-सौकतको जिन्दगी बिताएका, धन र धनाढ्यलाई उच्च महत्व दिने, दीन-दुःखी तथा गरिब सहकर्मीहरूप्रति उपेक्षा भाव राख्ने सुकिलामुकिलाहरू पनि कम्युनिष्ट हुन सक्छन् भन्ने नठानेका हुन सक्छन् । सुकिला या मैला, कम्युनिष्ट जस्ता भए पनि तिनमा एउटा समान गुणतत्व हुन्छ, त्यो हो- सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने ।

हो चि मिन्ह र चाउ एन लाइका कथा सुनेका आधारमा अमिल्दो ढङ्गको दाह्री पालेका, आइरनबिनाका कपडा पहिरिएका, अत्यन्त साधारण जीवनशैलीका, विनम्र र सदैव अरुको दुःख र हितप्रति सम्वेदनशील एवम् समर्पित मानिसको तस्बिर दिमागमा राखेकाहरूले खाइलाग्दा, मोटाघाटा, राजा-महाराजा र सम्भ्रान्तहरूको भन्दा उच्च स्तरको जीवनशैली भएका, मध्येयुगीन शासकको जस्तो हाँको-डाँको र शान-सौकतको जिन्दगी बिताएका, धन र धनाढ्यलाई उच्च महत्व दिने, दीन-दुःखी तथा गरिब सहकर्मीहरूप्रति उपेक्षा भाव राख्ने सुकिलामुकिलाहरू पनि कम्युनिष्ट हुन सक्छन् भन्ने नठानेका हुन सक्छन् ।

नेकपा एमाले मदन भण्डारीको विचारबाट दीक्षित भएको र पटक-पटक सम्पन्न निर्वाचनहरूमा जनविश्वास आर्जन गर्न सफल रहेकोले उक्त समूहमा प्रजातान्त्रिक प्रणालीप्रतिको विश्वास कायम हुन पुगेको थियो । राजनीतिमा कम्युनिष्ट पार्टीको करिब एकल हैसियतमा एमाले रहँदा उक्त दल तथा तिनका नेताहरूबाट देशको एकता, राष्ट्रियता, प्रजातन्त्र, धर्म र संस्कृतिसहितको समृद्धिप्रति प्रतिकुल व्यवहार बिरलै प्रस्तुत हुने गर्दथ्यो । त्यसर्थ एमाले मात्रलाई अपवादका रूपमा बुझ्न सकिन्छ, तर अहिले सो दल (हाल नेकपा) मा प्रचण्डहरू हाबी भए र, उनीहरूको हातमा पार्टी र देशको सत्ता पुग्यो भने नेपालले पूर्वी युरोप, उत्तर कोरिया र भियतनामको नियति ब्यहोर्न धेरै लामो समय प्रतीक्षा गर्नु नपर्ने हुन सक्छ ।

नेकपाभित्र उत्पन्न विवादको अन्तर्यमा डुल्दा प्रचण्डहरूका सम्पूर्ण प्रयास एकदलीय अधिनायकवाद स्थापित गर्ने नियत केन्द्रित रहेको छर्लङ्गै देखिन्छ । हालै प्रचण्डद्वारा वितरित ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नामक पुस्तिकामा प्रस्तुत ब्यहोराले प्रचण्डको वास्तविक चाहना भ्रममा रहनैनपर्ने गरी स्सपष्ट पारेको छ । पुस्तिकाको पृष्ठ ३८ (३, सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार शीर्षक) मा केपीबाट भएका ‘गम्भीर गल्ती’हरूको बेलिविस्तार लगाउँदै प्रचण्डले समाजवाद (एकदलीय अधिनायकवाद) तर्फ नगएर संसदीय गणतन्त्रमै सीमित भएर रहन खोजेको आरोप लगाएका छन् । ‘केपी ओली कहिल्यै पनि फागुन १ गतेको कार्यक्रममा सहभागी बन्नसमेत तयार नभएकोमा गुनासो गर्दै तयार पारिएको प्रतिवेदनमा प्रचण्डले लेखेका छन्- ‘… केपी शर्मा ओलीले हामी नेपाली कम्युनिष्टहरूको नेतृत्वदायी सङ्घर्षबाट प्राप्त भएको ऐतिहासिक सारतत्व एवम् मर्मलाई आत्मसात गर्न सफल भएको देखिँदैन । नेपालमा सामन्तवाद (राजतन्त्र)विरोधी आन्दोलनलाई मौलिक ढङ्गले (छलकपट र उपयोग-प्रयोगको कार्यनीतिबाट) सम्पन्न गरी स्थापित गरिएको लोकतन्त्र परम्परागत संसदीय गणतन्त्र होइन । संविधानतः यो समाजवादउन्मुख समावेशी लोकतन्त्र हो र हाम्रो प्रणालीको सारतत्वमा ‘एक प्रकारको जनताको जनवाद’, ‘समाजवादउन्मुख जनताको जनवाद’ भनेको हो । यो मौलिक ढङ्गको लोकतन्त्र (जनवाद) लाई रक्षा गर्दै अझ विकसित गर्दै अघि बढेर मात्र (माओले सन् १९५६ मा चीनमा लागु गरेजस्तो) समाजवादतर्फको यात्रा सफल बनाउन सकिन्छ । तर कमरेड केपी शर्मा ओलीको व्यवहारबाट उल्टै स्वयम्ले यसपल्ट परम्परागत संसदीय गणतन्त्रमा खसाल्नुभएको स्पष्ट हुन्छ । … राज्यसत्ताका सम्पूर्ण संरचनालाई समाजवाद उन्मुख गणतान्त्रिक संरचनामा रुपान्तरण गर्ने शान्तिपूर्ण जनक्रान्तिको उद्देश्यतर्फ कुनै चासो राखिएन ।’

प्रचण्डद्वारा अभिव्यक्त उल्लिखित ब्यहोराले उनी अझै अधिनायकवादी राज्यसत्ता स्थापना गर्ने धङधङीबाट मुक्त नभएको सोह्रै आना स्पष्ट हुन्छ । प्रचण्डले परम्परागत संसदीय लोकतान्त्रिक गणतन्त्र नभएको भन्नुको अर्थ नेपालमा हाल अभ्यास भइरहेको संसदीय लोकतान्त्रिक गणतन्त्र भारतको जस्तो नभएको भन्ने बुझिन्छ । राजसंस्था विस्थापित भइसकेपछि यो संसदीय व्यवस्था बेलायतको जस्तो त रहँदै रहेन, भारतको जस्तो पनि नभएको र, यो समाजवाद उन्मुख जनवाद भएको दावी प्रचण्डको छ । अब समाजवाद (एकदलीय अधिनायकवाद) तर्फको यात्रा तय गर्नुपर्नेमा प्रजातन्त्रमै अडिएर केपी बस्ने भए, त्यसैले यिनलाई विस्थापित गर्नुपर्छ भन्ने भनाइ प्रचण्डको रह्यो ।

शान्तिपूर्ण ढङ्गले सम्पन्न आमनिर्वाचनमार्फत सत्ता प्राप्त गर्ने र समाजवादको नाममा अधिनायकवाद लाद्ने प्रचण्डको चालबाजी पनि उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उजागर भएको छ । प्रचण्डले (पृष्ठ २७ मा) लेखेका छन्– ‘शान्तिपूर्ण प्रतिष्पर्धाको बाटोबाट निर्वाचनमार्फत सरकार बनाइ राज्यको नेतृत्व गरेर सामाजिक, आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादी आधार तयार गर्ने र अन्ततः समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ ।

शान्तिपूर्ण ढङ्गले सम्पन्न आमनिर्वाचनमार्फत सत्ता प्राप्त गर्ने र समाजवादको नाममा अधिनायकवाद लाद्ने प्रचण्डको चालबाजी पनि उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उजागर भएको छ । प्रचण्डले (पृष्ठ २७ मा) लेखेका छन्- ‘शान्तिपूर्ण प्रतिष्पर्धाको बाटोबाट निर्वाचनमार्फत सरकार बनाइ राज्यको नेतृत्व गरेर सामाजिक, आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादी आधार तयार गर्ने र अन्ततः समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ । तर नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्विकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो (अधिनायकवादी शासन शुरु गर्ने) ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा र चुनौती हाम्राअगाडि देखापर्दै जान थालेको छ । यस्तो स्थिति क्षम्य हुनसक्ने छैन ।’

प्रचण्डको उल्लिखित भनाइले के बुझाउँछ ? उनी कम्युनिष्टको नाममा प्राप्त करिब दुई तिहाइ बहुमतको सरकार भएकै बेला, अर्को संसदीय निर्वाचनको समय आउनुभन्दा पहिले नै समाजवादको नाममा अधिनायकवाद लाद्ने हतारोमा भएको यो स्पष्ट अभिव्यक्तिलाई हामीले जस्ताको त्यस्तै बुझ्न र त्यसअनुरुप व्यवहार गर्न सकिएन भने नेपाल अर्को नारकीय अवस्थामा फस्ने निश्चित छ । चीनमा सशस्त्र द्वन्द्व र सम्वाद एवम् सहमतिको नाममा भएका छलकपटबाट ‘समाजवाद’ स्थापना भयो, रसियामा पनि छलकपट र घेराबन्दीबाट ‘समाजवाद’ भित्र्याइयो, तर नेपालमा निर्वाचनमार्फत नै ‘समाजवाद’ लागु गर्ने अवसर आएको बुझाइ प्रचण्डको छ र, यसैलाई उनले बारम्बार ‘मौलिक ढङ्गले सम्पन्न गर्ने क्रान्ति’ भनिरहेका छन् ।

प्रचण्डको यस्तो विकृत सोच उनले दाबी गरेजस्तो मौलिकचाहिँ होइन । इटालीका खुङ्खार तानाशाह बेनिटो मुसोलिनी पनि पहिले निर्वाचनकै मार्फत सत्तामा पुगेर त्यसपछि तानाशाह बनेका हुन् । मुसोलिनीले पनि समाजवादकै नाममा आफ्नो शासन मजबूत तुल्याउने निरन्तर यत्न गरेका थिए । जर्मनीका हिटलर, फिलिपिन्सका मार्कोस र जिम्बाबेका रोबर्ट मुगावेहरूले पनि शान्तिपूर्ण निर्वाचनबाट नै आफू तानाशाह बन्ने ढोका खोलेका हुन् । भिन्नता के मात्र हो भने उनीहरूमध्ये मुगावेबाहेक अरु कम्युनिष्ट थिएनन्, प्रचण्ड कम्युनिष्ट आवरणमा मार्कोस र हिटलरकै पदचाप पछ्याउन खोज्दैछन् ।

कतिपयलाई लाग्न सक्छ प्रचण्डको यस्तो सपना/योजना पूरा हुन असम्भव छ ! तर हिजो मुलुकमा गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, जातिवादमा आधारित आरक्षण र सार्वभौमिकता विभाजन गरेर सङ्घीयता लादिन पनि सम्भव देखिएको थिएन । असम्भव प्रतीत हुने घटना-परिघटना नेपालमा भए । प्रचण्डहरू सामथ्र्य र वैधानिकता दृष्टिले हिजोको भन्दा आज सहज अवस्थामा भएको यथार्थलाई हामीले आत्मसात गर्न सक्नुपर्छ । उनीहरू अहिलेसम्म आफ्नो राजनीतिक यात्रामा सफल छन् र, यो सफलताका निम्ति विदेशी साथ मात्र निर्णायक रहेको होइन, उनीहरूको आफ्नै राजनीतिक चालबाजी र उपयोगितावादी सिद्धान्त पनि सफलताको कारण बनेको हो ।

हिंसात्मक युद्धको शुरुवाति चरणमा तत्कालिक ‘दरबारिया’हरूलाई उपयोग गर्ने उनीहरू कालान्तरमा भारतीय उच्चाधिकारी, नेता र यहाँ गिरिजाप्रसाद कोइरालासम्मलाई उपयोग÷प्रयोग गर्न सफल भए । शुरुमा गोलमेच सम्मेलनमार्फत सम्पूर्ण समस्याको निकास खोज्न सकिने बताएका प्रचण्डहरूले त्यसपछि संविधानसभाको चुनाव भएपछि सम्पूर्ण समस्याको समाधान हुने हल्ला चलाए, संविधानसभाको गठनपश्चात् संविधान निर्माणपछि मुलुक स्थिरता तथा समृद्धिको बाटोमा जान्छ भन्न पनि यिनैले भ्याए । त्यसपछि संसदीय निर्वाचनपश्चात् सबै समस्याबाट देश मुक्त हुने बताइयो, अब समाजवाद (एकदलीय अधिनायकवाद) स्थापना गरी क्रान्ति-प्रक्रियालाई पूर्णता दिइने भनिँदै छ ।

वास्तवमा माओवादी (प्रचण्ड–बाबुराम) २०६२/०६३ मा शान्तिप्रक्रियामा आएका थिएनन्, उनीहरू नियोजित ढङ्गले क्रान्ति प्रक्रियामा थिए, अझै छन् । एक जना मधेसको कमाण्ड गर्न खटिएका छन् र अर्को पहाडमा । झण्डै दुई तिहाइ बहुमतको संसदीय शक्तिलाई विधिवत क्रान्ति-प्रक्रियामा उपयोग गर्ने, सत्ताको एकलौटी अधिपति आफू बन्ने र, अर्को छिमेकी मुलुकको साथ लिएर उत्तर कोरियाका ‘राजा’झैँ कुम हल्लाएर नेपाललाई विपत्तिको अर्को भुङ्ग्रोमा हाल्ने प्रचण्ड-प्रयासलाई उनी आफैंले दस्तावेजमार्फत स्पष्ट गरेका छन् ।

वास्तवमा माओवादी (प्रचण्ड-बाबुराम) २०६२/०६३ मा शान्तिप्रक्रियामा आएका थिएनन्, उनीहरू नियोजित ढङ्गले क्रान्ति प्रक्रियामा थिए, अझै छन् । एक जना मधेसको कमाण्ड गर्न खटिएका छन् र अर्को पहाडमा । झण्डै दुई तिहाइ बहुमतको संसदीय शक्तिलाई विधिवत क्रान्ति-प्रक्रियामा उपयोग गर्ने, सत्ताको एकलौटी अधिपति आफू बन्ने र, अर्को छिमेकी मुलुकको साथ लिएर उत्तर कोरियाका ‘राजा’झैँ कुम हल्लाएर नेपाललाई विपत्तिको अर्को भुङ्ग्रोमा हाल्ने प्रचण्ड-प्रयासलाई उनी आफैंले दस्तावेजमार्फत स्पष्ट गरेका छन् । प्रचण्डहरूको यस्तो प्रयासमा यतिबेला केपी ओली बाधक बनेको पनि उनकै दस्तावेजले भनेको छ । नेकपाभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुग्दै गर्दा सबैको नकाब खुल्दैछ, यस क्रममा प्रचण्डहरू अधिनायकवादका मतियार पुष्टि भएझैँ केपी शर्मा ओली सिद्धान्ततः प्रजातन्त्रको हिमायती भएको तथ्य ओलीको आफ्नै दस्तावेजले शिद्ध गरेको छ । शासकीय भूमिकामा केपी सफल भइरहेका छैनन्, तर मुलुकलाई अधिनायकवादको चपेटमा पर्नबाट जोगाउने भूमिकामा केपी अहिलेसम्म सफल छन्, जुन कार्य समकालिक अन्य कुनै नेताबाट हुन सक्ने अपेक्षा राख्न सकिँदैन ।

अनेकौँ पटक झुक्किएर देश र आफ्नो समय बर्बाद गर्ने हामीहरू अब पनि वस्तुस्थिति बुझेर तदनुरुप भूमिका र कर्तव्य निर्वाह गर्न खोज्दैनौँ भने हामीले भोग्ने नियति भनेको च्याङ काइ सेकहरूको मात्र हो, समयमै चेत खुलोस्, जय मातृभूमि ! घटना र बिचार बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.