प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम संचालन

रिपोर्ट नेपाल | 2021 Jan 08 | 06:34 pm 105

काठमाडाैं, पुस २४ः बुधबार बर्दिया जिल्लाकाे मधुवन नगरपालिका १, सुर्यपटुवा स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा ६१ जना विद्यार्थीहरुलाई सहभागी गराई बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री शिवदल गणले वातावरण तथा पर्यावरण संरक्षण सम्बन्धी विविध विषयहरुमा प्रकृति संरक्षण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ ।

यस प्रकारका कार्यक्रमहरुले निकुञ्ज र स्थानीयवासीबीच समझदारी बढ्न गई चोरी शिकारी नियन्त्रणमा थप बल पुग्ने नेपाली सेनाले विश्वास लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.