प्यूठानमा उद्यम विकास सहजकर्ता संघ गठन

रिपोर्ट नेपाल | 2020 Jul 30 | 09:14 pm 348

प्यूठान, साउन १५ः जिल्लामा रहेका उद्यम विकास सहजकर्ताहरुविच बिहीबार प्यूठानमा उद्यम विकास सहजकर्ता संघ गठन भएको छ ।

उक्त संघमा ९ सदस्यीय समिति रहने गरी उद्यम विकास सहजकर्ता संघ गठन गरेको हो । समितिमा अध्यक्ष शान्ता विक, उपाध्यक्षमा राममणि थापा, सचिव फुर्स वहादुर नेपाली, कोषाध्यक्ष शुशिला नेपाली र सदस्यहरु धन वहादुर गोतामे, सारदा विश्वकर्मा, सिता रसाईली, शान्ता सुनार, विन्दु केसी रहेका छन । त्यसैगरी सल्लाकारमा विजय कुमार श्रेष्ठ, विजय जिसी, निर्मला पोख्रेल, इन्द्रमणि पोख्रेल र रञ्जना श्रेष्ठ रहेका छन् ।

उद्यम विकास सहजकर्ताहरुको हकहितमा वकालतका गर्ने उदेश्यले जिल्लामा उद्यम विकास सहजकर्ता संघ गठन गरिएको नवगठित समितिका सचिव फुर्स वहादुर नेपालीले जानकारी दिए।।

उनले भने –“उद्यम विकास सहजकर्ता उद्यमशिलताको क्षेत्रको मेरुदण्ड रहेको तर राज्य स्तरवाटै उद्यम विकास सहजकर्ताहरुको श्रमको उचित मुल्याङ्कन र रोजगारीको सुनिश्चितताका लागि उद्यम विकास सहजकर्ता स्वयम् आवाज उठाउनुपर्ने भएकोले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने संघको उदेश्य रहेको छ ।”

उक्त संघ गठन भएकोमा खुशी व्यक्त गर्दै यस संस्थाका विशेष सहयोगी तथा शुभचिन्तक सिवि सिहं (मार्शल) द्वारा कार्य सफलताको सम्पूर्ण कार्य समितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.