प्यारीलाई छहारी (कविता)

रिपोर्ट नेपाल | 2019 Nov 08 | 10:08 am 172


सुर्य प्रसाद खनाल, गुल्मी ।

प्यारीलाई छहारी (कविता)

म त सकिन !
अँह सकिन,
लाग्यो लौ न सासै रोकिन !
भावनाकी खानी तिमी ।।
रुपकी रानी तिमी ।
घायलै बनाउने
विषाक्त जवानी तिमी ।।

तिम्रो सिरबाट
झरेको होइन
लर्किएको
रेशा रेशारुपी केशहरुमा ।
घाइते बनाउने नयनैको गाजल
घाएल बनाउने भेषहरुमा ।।
टासिन्थ्यो कि त्यो सुन्दर लाली
जोगायौ कसरी यौवन सम्हाली ?

प्रकृतिको जवानीमा
पहाड ढाक्ने बस्त्रहरु ।
प्रेम भावका
चुम्बक रुपी अस्त्रहरु ।।
मग मग बसाइरहँदा ?
सुन्दरताले हसाइरहँदा ?
लाग्छ एकै छिन यात्रा रोकेर ।
धर्ति हेर्ने आकाशै छेकेर ।।
एक्लै मात्र,
मैले मात्र
हेरिरहुँ हेरिरहुँ ।
नजिकै पुगुँ अनि,
तिम्रो अस्त्रको
सुगन्ध फेरिरहुँ ।।

मलाइ यस्तो लाग्यो ।
नयनले बोलाए जस्तो लाग्यो ।।
आउन प्रिय !
मेरो मनमा छाउन प्रिय !
म आतुर छुँ
मलाई समाउन प्रिय !
भन्यौ कि जस्तो पो लाग्यो ।।।

प्रेमलाई कहाँ समाउ ?
समाउन मिल्ने कता हो ?
अन्जान छु म ,
आउन मिलेर जानौँ
मैले मात्र मायाँ गर्दा
हामी हिड्ने
पहाडका खुडकिलामा भार पर्छ कि ?
म पहाड चड्छु
तिमि लौरी टेक
बल्ल सार पर्छ कि ?

अब बदल बाटो ।
एक्लै हिड्ने साटो ।।
प्राकृतिक जिवनमा सँगै घुमौँला ।
हिमाल पहाड चढौँला ,
सुन्दर फुलहरुसँगै लुकामारी गरौँला ।
म सुन्दर पहाडमै रमाउँछु
तिमि तराइबाट
लौरि टेक्दै उकाली चढ
कुवाको चिसो पानी खाउँला ।
प्रेमको फेदी टेक्दै,
टापुमै समाउँला ।।
हिड्दै जाँदा थकाइ लाग्यो भने
चौतारोमा रोकिदिउला ।
कलकल खोलीको पानी खाउँला,
अनि फेरि रमाउँला ।।

आउ न प्यारी ।
लोभिए म सकिन्छ र क्यारी ?
एक अँगालोले बेर्छु म ।
सिर देखि पाउ सम्मै
निर्वाध हेर्छु म ।।
एक सर्को
तिम्रो सुगन्धको वास्ना लिँदै
लामो सास फेर्छु म ।।
तिम्रो रुची के छ ?
सवै रोज ।
अधिकार दिए तिमीलाई ।।
सँम्झ रुख हु मँ,
मेरो चौतारी
अनि छहारी तिमिलाई ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.