पोर्टल्याण्ड(एजेन्सी) , वैशख ५ः अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ ।
आइतबार बेलुका ८ः४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।