पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 17 | 04:48 pm 39

सर्लाही, जेठ ४ः जिल्लाकाे बिष्णु गाउँपालिका-३ बिश्वनाथ टोलस्थित बाँसघारीबाट पेस्तोल २ थान, गोली ६ राउण्ड र म्यागजिन १ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-३ का २५ वर्षीय मदन साह कानु र भारतको सितामढी का १९ वर्षीय अनिष साह रहेका छन् ।

सोही ठाउँस्थित बीआर ३० एम. ६७८७ नम्बरको मोटरसाइकल सहित अपरिचित व्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय सर्लाही जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त हतियार र मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.